मंसिरको अन्तिम दिन मनकामना मन्दिरमा भक्तजनहरुको घुईँचो, ८ हजारले चढे केबलकार

गोबिन्द मरासिनी/काठमाडौं । मंसिरको अन्तिम दिन शनिवार (हिजो) करिब १२ हजार दर्शनार्थीले मनकामना मन्दिरको दर्शन गरेका छन् । मंसिर महिनाको अन्तिम दिन र शनिवार तथा अष्टमी समेत परेकाले दर्शनार्थीहरुको घुईँचो लागेको हो ।

मनकामनाको दर्शनका लागि टाढा–टाढा बाट आएका भक्तजनहरु रातीनै देखि केवलकार र मनकामना मन्दिर बाहिर घण्टौं लाग्ने लाइन बसेका थिए । मंसिर महिना मनकामनामा अत्यन्तै भीड हुने गरेकाले बिहान ६ बजेदेखि नै केबलकार सुचारु गरेको मनकामना दर्शन प्रा.लि. का सेल्स एण्ड मार्केटिङ अफिसर राजेन्द्र लामाले बताए । उनका अनुसार मनकामना दर्शका लागि शनिवार मात्र केबलकारबाट करिब ८ हजार भक्तजनहरु मन्दिर पुगेका थिए । 

Advertisement

यसअघि २०७३ वैशाखमा सबैभन्दा वढी तथा अर्थात् १० हजार केबलकार मार्फत मन्दिर पुगेका थिए । केहि समयअघि ३१ वटा रहेको केबलकारको संख्या हाल ३ वटा थपेर ३४ वटा केबलकारले भक्तजनहरुलाई मनकामना दर्शनका लागि ओहोरदोहोर गराईएको छ । शनिवार केबलकारबाट ८ हजार मन्दिर पुगे भने पैदल तथा गाडीको माध्यमबाट पनि भक्तजनहरु मन्दिर पुगेका थिए । जसका कारण मन्दिरको दर्शनका लागि भक्तजनहरु ८/१० घण्टासम्म लाइनमा लामबद्ध भएर बसेका थिए । 

काठमाडौंको बालाजुबाट दर्शनका लागि मनकामना मन्दिर पुगेका राजकुमार घिमिरे करिब ७  घण्टाको लाइनपश्चात बल्ल तल्ल दर्शन गर्ने पाएकोमा खुसी व्यक्त गरे । परिवारसहित दर्शनका लागि आएका उनले भने, ‘आज मंसिरको अन्तिम दिन शनिवार पनि परेकाले भक्तजनहरुको भीड लागेको र बिहानैदेखि लाइन बसिसक्दा बल्ल दर्शन गर्ने पालो आयो ।’ मन्दिर पुगेका तनहुँका प्रेमनारायण अर्याल भने लामो लाइनकै कारण पुजा गर्नका लागि लाइन नबसी बाहिरबाट दर्शन गरेर फर्केको बताए ।

मन्दिरमा मात्र होईन् केबलबार जाँदा र फर्कदा समेत पनि लामो लाईन बस्दा हैरानी लागेपनि मन्दिर र धर्मप्रतिको आस्थाका कारण पालो पर्खेर बसेको लाइनमा लामबद्ध भक्तजनहरुको भनाइ थियो । लामो समयसम्म निर्माणाधीन अवस्थामा मन्दिर रहेको मन्दिरको निर्माण समेत सकिएला भक्तजनहरुको थप घुईँचो वढेको स्थानयीहरु बताउँछन् । मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

More News last news
Loading...