काठमाडौं । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि युवा नेता चुडामणी खनालले एक हजार मिटर खानेपानी पाइप वितरण गरेका छन् ।
आफ्नो गाउँ गाउँमा दुखमा परेकालाई सगाउ भन्ने अभियान अन्तरगत आज एक कार्यक्रम विच पाइपको अभावमा रहि खानेपानी समस्या जेलिरहेका भिमाद नगरपालिका अन्तर्गत भानुमति र किहुमा गरि एक हजार मिटर खानेपानी पाइप वितरण गरेका हुन् ।
पाइप पाएपछि स्थानीय खुसी हुदै जनताको समस्या समाधान गर्न ईच्छा शक्ति भए चुनाव जितेर जानै पर्ने वा मन्त्री हुनै पर्ने रहेनछ भन्ने कुरा खनालले प्रमाणित गरेको भानुमति घिमिरेडाडा निवासी शालिकराम पोख्रेलले बताए । हाल खनाल तनहुँ क्षेत्र नं २ का हरेक गाउँ गाउँ अत्यधिक हिड्ने र जनगुनासा सुनी सहयोग को पहल गर्ने नेता रहेको स्थानीयहरुको भनाइ छ । 
भुकम्प को बेलामा पनि सबैभन्दा पहिले घर घरमा आइ हमिलाइ राहत दिने सन्तवना दिनु भयो र राहत पनि बाड्नु भो फेरि खानेपानी अभाव मा बसेका हामीलाई पाइप बितरण गर्नु भो बास्तबमा हामी यस्तै नेताको खोजीमा थियौ किहु निवासी इन्दिरा सिग्देल बताउछिन् ।
नेबिसंघ तनहुँका अध्यक्ष समेत रहेका खनालले स्थानीय सरकारले गरेको राम्रो कामलाई सहयोग र नराम्रो काममा खबरदारी गर्दै आएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
