काठमाडौं । ‘निर्मलाका निम्ती न्याय’ अभियानका अभियानकर्ताहरुले निर्मलाको नाममा शतबीज छरेका छन् ।
मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहान उनीहरुले निर्मलाको सम्झनामा पशुपति परिसरमा शतबीज छरेका हुन् ।
निर्मलाको सम्झनामा निधारमा ‘म पनि निर्मला’ लेखेको पट्टी बाँधेर र ‘सरकार भेटियो न्याय भेटिएन’ पोष्टर छात्तिमा टाँसेर सतबीज छरिएको अभियानकर्ताहरुले बताए ।
दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास रहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
