काठमाडौं । बर्षकै सुपरहिट र लोकप्रिय चलचित्र ‘प्रेमगीत–२’ युटुबमा सार्वजनिक भएको छ ।
आईतबार हाइलाइटस नेपालको युटुब च्यानलबाट सार्वजनिक गरिएको यस चलचित्रले हलमा जस्तै युटुब मार्फत पनि दर्शकको मन जितेको छ । फिल्म युटुबमा रिलिज गरेको २४ घण्टा पनि नपुग्दै (समाचार बनाउँदासम्म) ११ लाख ओभर भ्युअर पाएर युटुबको पाँचौ नम्बर ट्रेन्डिङमा रहेको छ ।
आँशुसेन फिल्मसको ब्यानरमा बनेको चलचित्रलाई सन्तोष सेनले बनाएका हुन् भने यसको निर्देशन रामशरण पाठकले गरेका हुन् । फिल्म प्रेमगीतको सिक्वेल प्रेमगीत २ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
चलचित्रमा अभिनेताको रुपमा डेब्यु गरेका निर्माता सन्तोष सेन एक्सनले दर्शकको मन जित्नेछ । झन्डै २ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा म्यानमार, नेपालको रारा र थाइल्यान्डका मनोहर दृश्य समेटिएको छ ।
फिल्ममा नेपालका ‘प्रेम’ र म्यान्मारकी नेपाली यूवती ‘गीत’ बीचको प्रेम र उनीको जीवनमा आउने अनेकौं ‘सुख दुःख’ को अवस्थालाई पर्दामा उतार्न खोजिएको छ ।
दर्शकहरुले हलमा जस्तै युटुबमा पनि उत्साहजनक रुपले चलचित्रलाई मन पराएर हेर्नुभएकोमा आफ्नो खुसीको सिमा नरहेको र थप उत्साह जागेको निर्माता सेनले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
