झापामा आगलागी हुँदा एकै परिवारका ४ जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर –७ लालझोडामा आगलागी हुँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

आगलागीमा परेर ३६ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खनाल, चार वर्षीया छोरी चन्द्रा खनाल र तीन महिनाको छोरा टिकाराम खनालको ज्यान गएको प्रहरीले जनाएको छ ।

Advertisement

खनाल परिवारका सम्पूर्ण सदस्य सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जनाएको छ । घरमा चारै तिरबाट आगो लागिसकेको अवस्थामा गाउँलेले थाहा पाएका थिए ।

आगलागीको जानकारी पाएलगत्तै दमकलसहित प्रहरीको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो । दमकल आएर आगो निभाउँदा परिवारका सबै सदस्यको ज्यान गइसकेको थियो ।

आगलागीको कारण खुल्न सकेको छैन् ।

More News last news
Loading...