स्ववियूद्धारा क्याम्पस बातावरण सरसफाई कार्यक्रम सम्पन्न

स्याङ्जा । स्याङ्जाको त्रिभुवन आर्दश बहुमुखी क्याम्पस स्वतन्त्र विधार्थी यूनियनद्धारा क्याम्पस बाताबरण सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

स्याङ्जा जिल्लाको सदमुकाममा रहेको यस क्याम्पसलाई शैक्षिक र भौतिक रुपमा सवल बनाउनु पर्ने भएकाले स्वीयुले गर्ने सक्ने कुनै कसर बाकी नराख्ने स्ववियू सभापति सुनिल चापागाईले बताए ।

Advertisement

कार्यक्रममा क्याम्पस प्रमुख अर्जुन बन्धु अर्याले सरसफाइको महत्व स्मरण गर्दै यस्तो कार्यले क्याम्पसलाई थप जिम्मेवार बनाउने भन्दै धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा स्वीयु उपसभापति गौरव प्रधान, बिधार्थी नेता कुमार बाबु हिताँगा, नेविसघ क्याम्पस प्रतिनिधि सविन रेग्मी लगाएतले स्वीयुको यस्तो कार्यले भावी दिनका लागि विधार्थीलाई एउटा राम्रो पाठ सिकाएको बताएका थिए ।

More News last news
Loading...