काठमाडौं । गाईगोरु पाल्नुहुन्छ भने, अब दर्ता गर्नुपर्छ । उनीहरुको जन्म– मृत्युसहित जीवनका घटना नगरपालिकामा टिपाउनुपर्छ । किनबेच गरेको समेत जानकारी दिनुपर्नेछ । तिनको घटना दर्ताका लागि तिलोत्तमा नगरपालिकाले ‘एप्स’ डिजाइन गर्दै छ ।
आर्थिक लाभका लागि राधजानीको एक निजी अस्पतालले कतारमा कोमामा रहेका बिरामी सुटुक्क ल्याउने गरेको पाइएको छ । संतुगलस्थित ओम समाज अस्पतालले पछिल्लोपल्ट रुकुमको चौखावाङ–९ गल्मपाटीका ललितबहादुर बुढालाई परिवारको स्वीकृत नलिर्ई कतारस्थित हमाद अस्पतालबाट ल्याएको हो ।
बिरामी ल्याएबापत हमादले निश्चित रकम दिने गरेको ओम समाज अस्पतालका निर्देशक डा. भीमनाथ खरेलले बताएको समाचार छ । त्यस्तै डडेलधुराको रडुवा खोलामा जात्रा हेरेर फर्किनेक्रममा बिहीबार साँझ बस दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको छ । भने १५ जना घाइते भएका छन् ।
सर्वौच्च अदालतले फेवातालको अतिक्रमित जग्गा एक वर्षभित्र सरकारीकरण गर्न निर्देनात्मक आदेश जारी गरेको समाचार पनि छ । गोकर्णस्थित राष्ट्रिय बेपत्ता तथा शान्ति पार्क निमार्ण अलपत्रबारे छानबिन समिति गठन भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
