विनोदको विष्फोटक ब्याटिङसँगै पोखरा पल्टनको सुखद सुरुवात

काठमाडौं । विनोद भण्डारीको विस्फोटक ब्याटिङको मदतमा पोखरा पल्टनले पोखरा पि्रमियर लिग -पीपीएल) क्रिकेटमा सुखद सुरुवात गरेको छ।

पोखरा रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा पोखराले विराटनगर टाइटन्सलाई ५८ रनको फराकिलो अन्तरले हराएको हो। १९८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन मात्रै बनाउन सक्यो।

Advertisement

विराटनगरको सुरुवाती समयमै विकेट गुमाएको थियो। १७ रन हुदा पहिलो विकेटको रुपमा सुनिल धमलालाई गुमाएको विराटनगरले दोस्रो विकेटको रुपमा प्रदीप ऐरीलाई गुमाएको थियो। विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले समान ३०-३० रन बनाए। त्यस्तै, सन्दीप लामिछानेले अविजित १४ रन बनाए।

त्यस्तै एन्ड्रव सुविकसानले १४, सुनिल धमलाले ११, प्रदीप ऐरी र जितेन्द्र ढकुरीले समान १०-१० रन बनाए। बलिङतर्फ ललितनारायण राजवंशीले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा पल्टनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९७ रन बनाएको थियो।

पोखराका लागि आशिफ शेखले ५२, रवि इन्दर सिंहले ४४ र विनोद भण्डारीले अविजित ४१ रन बनाए। विनोदले विष्फोटक ब्याटिङ गर्दै ११ बलमा ५ छक्का र २ चौका प्रहार गरेका थिए। त्यस्तै, कुशल भुर्तेलले ३८ रन बनाए। सन्दीप लामिछानेले २ विकेट लिए।

More News last news
Loading...