स्विस खेलाडी रोजर फेडरर यूएस ओपन टेनिसको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । यस्तै महिलातर्फ मारिया सारापोभाले पनि अन्तिम १६ मा स्थान बनाइन् ।
न्युयोर्कमा भएको खेलमा फेडररले अष्ट्रेलियाका निक क्रिगियोसलाई तीन शून्यको सोझो सेटमा हराए । ३७ वर्षीय फेडररले निक विरुद्ध ६–४ ६–१ र ७–५ ले आफ्नो पक्षमा पारे ।
महिलातर्फ विम्बल्डन च्याम्पियन एञ्जेलिक करबर तेस्रो चरणबाट बाहिरीएकी छिन् । २९ औं बरियताकी डोमिनीक सिबुल्कोभासँग दुई एकको सेटमा पराजित हुँदै करबर घर फर्किइन् । जसमा उनी डोमिनीकसँग ३–६, ६–३ र ६–३ को सेटमा पराजित भइन् ।
रसियन खेलाडी मारिया सारापोभाले भने बर्षको अन्तिम ग्राण्डस्लामको प्रिक्वाटरफाइनलमा स्थान बनाइन् । उनले जेलेना ओस्तापेन्कालाई दुई शून्यको सोझो सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाइन् । जसमा सारापोभाले ६–३ र ६–२ को जित निकालिन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
