नेपालीलाई ठगेको भन्दै प्रहरीले २ जना युक्रेनी नागरिकलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै नेपालीलाई ठगेको आरोपमा दुई जना युक्रेनी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले काठमाण्डौको पुतलीसडकबाट २ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीका अनुसार युक्रेनी नागरिक विटाली विल्या र नतालीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका २ जनाले ६ सय जना नेपालीलाई सामाजिक सञ्जालमार्फत मासिक १ लाखसम्म कमाई हुने भन्दै ठग्ने योजना बनाइरहेको पनि प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ९ थान ल्यापटप, ७ थान मोबाइल, २ थान राहदानीलगायतका सामग्री पनि बरामद गरेको छ ।
उनिहरुले पुतलीसडकमा कोठा भाडामा लिएर प्रतिव्यक्ति ९ लाख रुपैयाँमा पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्दै आइरहेका थिए । उनिहरुले अलिहेसम्म ९ जनाबाट १ लाख ८० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म असुल गरेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
