बस दुर्घटनामा एकको मृत्यु, ५८ घाइते

नुवाकोट। विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।
म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंँका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७ तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । हेलिकप्टरमा काठमाडौंँ लगिएकी तामाङको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ५८ जना घाइते भएकामा आठ जनालाई उपचारका लागि काठमाडौंँ लगिएको छ ।

More News last news
Loading...