धोविखोलामा आएको बाढीले डुबायो काठमाडौं

काठमाडौं । काठमाडौंमा अविरल वर्षापछि धोविखोलामा आएको बाढीले खोला नजिक रहेका बस्ती डुबाएको छ । केही दिनयता परेको अविरल वर्षापछि आएको बाढीले बुधबार बिहान १ बजेदेखि नै बस्ती डुबाएको स्थानीयले बताए । धोविखाला किनारामा रहेका बस्तीहरुको पानी पसेपछि घरको तल्लो तलामा रहनेहरुको सबै सामान भिजेको छ भने सवारी साधन डुबाएको छ । पसलका सामानहरुमा भिजेका छन् ।

विहान उज्यालो भएसँगै घर कोठामा पसेको पानी फ्याल्न थालिएको छ । बुद्धनगर, अनामनगर, बिजुली बजार, रातोपुललगायतका धोविखोलामा किनारामा रहेको बस्तीमा पानी पसेको हो । क्षतिको विवरण भने संकलन भइसकेको छैन । रातभर पानी परिरहँदा बस्तीमा बाढी पसेपछि मानिसहरु आत्तिएका थिए ।

Advertisement

More News last news
Loading...