हत्या अभियोगमा बहालवाला मन्त्री अदालतमा आत्मासमर्पीत

काठमाडौ। हत्या अभियोगमा फरार प्रदेश नं. २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले महोत्तरी जिल्ला अदालत जलेश्वरसमक्ष आत्मसमर्पण गरेका छन् । अभियुक्त शर्माले सोमबार आत्मसमर्पण गरेका हुन् । उनले आफ्ना कानुन व्यावसायी रमेशकुमार पाण्डेमार्फत निवेदन दिँदै आत्मसर्मण गरेका हुन् । २०७२ भदौ २५ गते सशस्त्र सीमा सुरक्षाबल जलसागरमा कार्यरत असई थमन विकको मधेस आन्दोलनको क्रममा आन्दोलनकारीहरुबाट हत्या गरिएको थियो ।

त्यो घटनामा शर्माको प्रत्यक्ष संलग्नता रहेको मुद्धा परेको थियो । अदालतले उनलाई दोषी ठह¥याई सजाय सुनाएको थियो । त्यसपछि पनि उनी फरार थिए । फरार अवस्थामै उनले राज्यमन्त्रीको शपथ लिएका थिए । शर्माले अदालतबाट उपस्थितिका लागि जारी भएको परमादेशको सम्मान गर्दै आफू अदालतसमक्ष उपस्थित भएको निवेदनमा उल्लेख गरेका छन् । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरी उच्च अदालतमा मुद्दा विचाराधीन रहेको समयमा २ नम्बर प्रदेशले उनलाई राज्यमन्त्रीमा सपथ गराएको थियो ।

Advertisement

More News last news
Loading...