काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा दुर्घटनाग्रस्त, २२ जनाको उद्धार

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ बस त्रिशुली नदीमा खसेको छ ।

शुक्रवार बिहान करिब पौने १२ बजे ना ५ ख ७४०९ नम्बरको ट्रक सँग ठक्कर खाएपछि बस त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Advertisement

सडकबाट करिब १०० मिटर तल नदि किनारमा खसेको बसका यात्रुहरुको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । बसमा कति जना यात्रु छन् भन्नेबारे एकीन नभएको प्रहरीले जनाएको छ।

चितवनस्थित स्थानीय प्रशासनका अनुसार घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।

दुर्घटनामा परेका २२ यात्रुलाई उद्धार गरी उपचारका लागि भरतपुरस्थित अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

More News last news
Loading...