काठमाडौं । सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर मंगलबार भूकम्पको परकम्प गएको छ ।
साँझ ५ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । यसअघि मंगलबार बिहान नै धादिङको गजुरी आसपास केन्द्रविन्दु बनाई ४.८ रिक्टर स्केलको परकम्प गएको थियो ।
केन्द्रका विवरणअनुसार गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रविन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो । त्यस्तै, गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रविन्दु भई पाँच रिक्टरको परकम्प गएको थियो ।
केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५०६ पटक परकम्प गएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
