फेरी लियो टिपरले ज्यान

काभ्रे । काभ्रेको बनेपामा टिपरले एक जनाको ज्यान लिएको छ ।

साँगाबाट बनेपा आइरहेको बा २ ख ३९३४ नम्बरको टिपरले सोही दिशाबाट आइरहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई चार दोबाटोमा ठक्कर दिदाँ मोटरसाइकल चालक नमोबुद्ध ७ का जीतबहादुर तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

टिपर चालक प्रहरीले नियन्त्रणमा लिएको छ। आक्रोशित स्थानीयले टिपरमा आगो लगाएका छन्।

यसअघि टिपरले काठमाडौंमा केहिको ज्यान लिएपछि दिउँसोको समयमा उपत्यकामा टिपर चलाउन दिईएको छैन् ।

More News last news
Loading...