काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी सडक काट्ने १० हजार ५ सय जना यात्रुलाई ‘सचेतना सम्वन्धी प्रशिक्षण दिएको छ। असार ३१ गतेदेखि तीन दिनमा राजधानीका १२ स्थानमा जथाभावी पैदल काट्ने १० हजार ५ सय ७ जनालाई सडकमा नै ‘प्रशिक्षण’ दिएको हो।
जेब्राक्रसिङ र आकासेपुल भएका स्थानबाट बाटो नकाट्ने यात्रुलाई सजक गराउन यस्तो नियम ल्याएको महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिए।
कारवाही भनिएको प्रशिक्षणमा यात्रुलाई कसरी र कहाँबाट बाटो काट्ने तथा ट्राफिक नियमको जानकारी गराउने गरिएको छ।
यसका लागि कोटेश्वर, थिमी, नयाँ बानेश्वर, थापाथली, पुरानो बसपार्क, केशरमहल, सिंहदरबार, गौशाला, महाराजगन्ज, कालीमाटी र जावलाखेलमा ट्राफिक प्रहरी परिचालन गरिएको छ।
महाशाखाले यसअघि जथाभावी बाटो काट्ने पैदलयात्रीका लागि २ सय रुपैयाँ जरिवाना गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
