बेलायती सेनामा अब नेपाली महिला पनि

काठमाडौं । दुई सय वर्षभन्दा बढी बेलायती सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ् गुर्खाज’ अब नेपाली महिला पनि भर्ती हुन पाउने भएका छन् । बेलायती समाचार संस्थाहरुले जनाए अनुसार सन् २०२० भित्र नेपाली महिलालाई बेलायती सेनामा भर्ती गरिइनेछ ।

भर्ती प्रक्रिया आउँदो वर्ष पोखरामा सुरु हुने भएको छ । छनौट भएका उम्मेदवारले त्यसपछि बेलायतको नर्थ योर्कशायरमा १० हप्ताको तालिम लिनेछन् ।

Advertisement

बेलायती सेनामा भर्ती हुन चाहने महिलाले अब २५ किलो बालुवाको भारी बोकर ५ किलोमिटर उकालो दौडने लगायतका प्रक्रियामा सहभागी हुनुपर्नेछ ।

‘गोर्खालीहरु युद्धकलामा विश्वकै सबैभन्दा बढी पोख्त फोर्स हो । रानी एलिजाबेथ द्वितीयाको सेवा गरेको गौरवशाली इतिहास उनीहरुसँग रहेको छ । यस्तो अवस्थामा नेपाली महिलालाई पनि बेलायती सेनामा आवद्ध गर्नु निकै नै उपयुक्त हुन्छ’ बेलायतका रक्षा सचिव गेभिन विलियम्सनले भने ।

ब्रिगेड अफ् गुर्खाजका लेफ्टिनेन्ट जनरल निक पोपका अनुसार बेलायती सरकारले सन् २०१६ मा महिलाले पनि लडाईँमा सहभागी हुन पाउने निर्णय गरेपछि बेलायती सेनामा नेपाली महिलाको भर्ती प्रक्रिया अगाडि बढेको हो ।

सन् १८१५ बाट नै नेपालीहरु बेलायती सेनामा आवद्ध भएका हुन् । नेपाल–अंग्रेज युद्धदेखि सुरु भएको बेलायती सेनाको भर्ती प्रकियाले नेपालीहरुको बहादुरीको विश्वभर प्रशंसा भैरहेको छ । सुरुमा नेपालीहरुलाई हङकङ लगायतका ठाउँको सुरक्षामा खटाइएको भए पनि हङकङ चीनलाई हस्तान्तरण गरेपछि भने गुर्खा रेजिमेन्टको आधार बेलायत नै बनेको छ ।

सन् १९४७ मा जब भारत स्वतन्त्र भयो, नेपाल, बेलायत र भारतबीच एउटा सहमति भयो, भारतीय सेनामा रहेका चार वटा गोर्खा रेजिमेन्टलाई बेलायती सेनामा समावेश गर्ने । त्यही नै ब्रिगेड अफ् गुर्खाज बन्यो ।

अहिले बेलायती सेनामा झण्डै तीन हजार नेपाली रहेका छन् । धेरैजसो नेपाली स्थल सेनामै भए पनि केही इन्जिनियर, लजिस्टिक्सलगायतका सेवामा पनि छन् ।

 

More News last news
Loading...