काठमाडौँमा फेरी ठूलो बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह

काठमाडौँ । काठमाडौँमा फेरी पनि बाढी आउन सक्ने खतरा रहेकको भन्दै , खोला आसपासका बासिन्दालार्इ सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेका छ ।बूढानीलकण्ठ आसपासमा ठूलो वर्षा भइरहेको र विष्णुमती नदीमा समेत बहाव बढ्ने सम्भावना भएको भन्दै खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।

विभागका अनुसार काठमाडौँको धोवीखोला, बागमती, सालिनदी, मनोहरा लगायतका नदीक्षेत्रमा आकस्मिक बाढी आउने सम्भावना रहेको छ ।काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा ठूलो वर्षा शुरु भएको छ भने शिवपुरी, सुन्दरीजल, साँखु लगायतको क्षेत्रमा समेत वर्षा शुरु भएको छ । दूई दिन अघि मात्र भक्तपुरमा बाढी आएर तीन जनाको ज्यान गएको थियो ।

Advertisement

More News last news
Loading...