लाठीले हानेर ८० बर्षका हजुरबुबाको हत्या 

कपिलवस्तुमा एक जना नातिनीले आफ्नै हजुरबुबाको हत्या गरेकी छिन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ ईमिलियामा नातिनीको लाठी प्रहारबाट हजुरबुवाको ज्यान गएको हो । प्रहरीका अनुसार १८ वर्षीया नातिनी अस्मिता सुनारले लाठी प्रहार गरेर ८० वर्षीय हजुरबुवा थाने सुनारको हत्या गरेकी हुन् ।

घरायसी विषयमा सामान्य वादविवाद हुँदा अस्मिाताले हजुरबुवा थाने सुनारलाई  लाठी प्रहार गरेकी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । लाठी प्रहारबाट घम्भीर घाईते भएका सुनारको बुटवलमा उपचार भएको थियो ।

Advertisement

उपचार गरी घर लैजाँदा हिजो विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक रवि रावलले जानकारी दिए । प्रहरीले जनाएको छ । हत्यामा संलग्न अस्मितालाई थप अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवि रावलले बताउनुभयो ।

More News last news
Loading...