काठमाडौं । नेपाली युवा क्रिक्रेटर सन्दिप लामिछाने क्यानडामा भएको ग्लोबल टि–२० प्रिमियर लिग क्रिकेटमा सहभागिता जनाएर सन्दिप लामिछाने शनिबार नेपाल फर्किंदैछन् ।
बिहान ८ः५० बजे जेट एयरवेजको विमानमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने सन्दिपका राष्ट्रिय क्रिकेट टिमका प्राविधिक टिमले जनाएको छ । प्रतियोगितामा कूल ८ विकेट लिएका सन्दिपको टिम मोन्ट्रिएल टाइगर्स दोस्रो चरणमा पुग्न सकेन ।
६ टिम सहभागी लिगमा मोन्ट्रिएल पाँचौं भएको थियो । सन्दिपले वेष्ट इण्डिज बी, भ्यानकुभर नाइट्स, एड्मोन्टन रोयल्सविरुद्ध १–१ विकेट लिएका थिए भने टोरन्टो नेशनल्सविरुद्ध २ तथा वेष्ट इण्डिज बी विरुद्धको दोस्रो खेलमा ३ विकेट लिएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
