स्टार्ट बन्द भएपछि जिप सडकबाट खस्यो, ३ जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । बिहीबार राति भएको सो दुर्घटनामा मृत्यु भएकाहरुमा दुई जना पुरुष र एक जना महिला रहेका इलाका प्रहरी कार्यलय मेलम्चीले जानकारी दिएको छ ।

मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जिप थाङपालकोट र थाङपालधापको सिमाना फ्याफुला डाँडामा अचानक स्टार्ट बन्द भएपछि सडकबाट करिब चार सय मिटर तल खस्दा उक्त हताहती भएको प्रहरीले जनाएको छ ।

Advertisement

सो दुर्घटनामा ९ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । पछिल्लो केही दिनयता अविरल वर्षाका कारण सडक विग्रिएकाले सवारी दुर्घटना भइरहेका छन् ।

More News last news
Loading...