भक्तपुरमा घर डुब्दा ३ जनाको मृत्यु, जनजीवन बन्यो कष्टकर

भक्तपुर । अविरल वर्षापछि आएको बाढी र डुबानका कारण भक्तपुरका अधिकांश बस्ती प्रभावित भएका छन् । बुधबार रातिदेखि परेको मुसलधारे पानीका कारण भक्तपुर र मध्यपुरथिमि नगरपालिका क्षेत्रका विभिन्न भाग डुबानमा परेका हुन् ।

सोहीक्रममा चाँगुनारायण नगरपालिका ४ खरीपाटीमा एक भत्कँदा ३ जनाको मृत्यु भएको छ । घर भत्कीएपछि उद्धारकर्ताले ३ जनाको शव फेला पारेको प्रह्ररी परिसर भक्तपुरले जनाएको छ ।

Advertisement

हनुमन्ते खोलामा आएको बाढीसहित पानीको निकास नहुँदा अहिले मध्यपुर थिमिका कमेरोटार, राधेराधे, निकोसेरा, दुवाकोट मोड, सिर्जननगर र सल्लाघारी, नयाँ ठिमी, नयाँबस्ती क्षेत्रका सयौँ घर डुबानमा परेको छ ।

त्यसैगरी भक्तपुरका जगाते, हनुमानघाट, बाराही क्षेत्र आसपासका घर पनि डुबानमा परेका छन् । जस कारण मानिसको जनजीवन कष्टकर बनेको छ । साथै शिक्षण संस्था, व्यापार व्यवसाय पनि प्रभावित भएका छन् ।

More News last news
Loading...