दाङमा दाहसंस्कार गरिएका एक व्यक्ति घर फर्के

दाङ। दाङमा यस्तो अनौठो घटना बाहिर आएको छ ।तपाईं यो खवर पढेर आश्र्चयमा पर्न सक्नुहुन्छ ।दाहसंस्कार गरिएका एक व्यक्ति घर फर्केका छन् ।

उनलाई गाउँमा भव्य स्वागत गरिएको छ ।

Advertisement

कथा हो, महेन्द्रप्रसाद चौधरीको ।

राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटका ४५ वर्षीय चौधरीको मृत्यु भएको भन्दै परिवारले प्रहरीबाट शव बुझेर दाह संस्कार गरेका थिए ।

असार २१ गते सोही गाउँपालिका वडा नम्बर २ लालमटियास्थित कालिका सामुदायिक वनमा सडेगलेको अवस्थामा एउटा शव फेला परेको थियो ।

नचिन्ने अवस्थामा रहेको उक्त शव चौधरीका परिवारजनले उनैको हो भन्ने ठहर गर्दै बुझेर अन्तिम दाह संस्कार गरेका थिए ।

महेन्द्रप्रसादका छोरा अनुप चौधरी र दाजु इन्द्रप्रसाद चौधरीले शव सडेगलेको अवस्थामा फेला परे पनि कपडा र जिउडालका आधारमा पहिचान गरी शव लगेर अन्तिम संस्कार गरेका थिए ।

उक्त शव महेन्द्रप्रसाद चौधरीका आफन्तले महेन्द्रप्रसादकै भएको अनुमानसहित घर लगेर अन्तिम संस्कार गरेका थिए ।

स्थानीय भद्रभलाद्मीको रोहबरमा शव बुझेर उनीहरूले हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरी सकेर परिवारका सदस्य किरिया बस्ने तयारी गर्दा कसैले महेन्द्रप्रसाद जीवितै रहेको भन्ने सूचना दिएपछि बल्ल उनको खोजी सुरु भएको दाजु इन्द्रप्रसादले जानकारी दिए ।

महेन्द्रप्रसाद मदिराका अम्मली रहेको तथा उनी यसअघि पनि हप्ता दश दिन बेपत्ता हुने गरेको हुँदा परिवारजनले उनको खोजी कार्यमा कुनै वास्ता गरेको थिएन ।

महेन्द्रप्रसाद बेपत्ता भएको बारेमा परिवारजनले आफैंले पनि नखोजेको र प्रहरीमा समेत कुनै जानकारी नदिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख रवीन्द्र पाण्डेले बताए ।

महेन्द्रप्रसादको मृत्यु भइसकेको भन्ने खबरपछि परिवारका सबै सदस्य तथा आफन्त शोकमा थिए ।

तर आइतबार देउखुरीको लालमटिया निवासी सुवास भुसालले भारतको इटुवामा महेन्द्र चौधरी काम गर्न गएको भन्ने सूचना दिएपछि छोरा अनुप चौधरी र दाजु इन्द्रप्रसाद चौधरी खोजीमा इटुवा गएका थिए ।

इटुवामा भाइलाई भेटेपछि दाजु महेन्द्रप्रसादले भाइलाई घरमा ल्याए ।

उनी घर आएपछि घरपरिवारमा खुसियाली छाएको छ ।

शोकमा डुबेको उनको परिवारले सकुशल घर फर्किएका व्यक्तिलाई अबिर मालाले स्वागत गरेका छन् ।

दाङ देउखुरीको राप्ती गाउँपालिका–मौरीघाट निवासी ४५ वर्षीय चौधरी सकुशल घर फर्किएपछि घरसँगै गाउँमा खुशियालीसँगै उनलाई अबिर र माला लगाएर परिवारजनले खुसी मनाएका हुन् ।

 

More News last news
Loading...