काठमाडौं । आज देशभरकै मौसम बद्ली भएको छ । आज केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहानैदेखि केही ठाउँमा पानी परिरहेको छ । पश्चिमका धेरैजसो ठाउँमा आइतबार ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले बताउनुभयो । ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले अनुमान गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
