पूर्वराजा ज्ञानेन्द्रले मनाए ७२ औ जन्मदिन

काठमाडौं । आफ्ना परिवार र शुभेच्छुकहरुको उपस्थितिमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ७२ औं जन्मदिन आज नेपालगगन्ज स्थित सोल्टी होटलमा मनाएका छन् ।

होटल सोल्टीमा बिहानैदेखि उपस्थित परिवारका सदस्य, शुभेच्छुकहरुले पूर्व राजालाई ७२ औं जन्मदिनको शुभकामना र बधाई दिएका थिए ।

Advertisement

आफ्नो जन्मदिन मनाउन पत्नी कोमल, छोरा पारस, छोरी प्रेक्षा, बुहारी हिमानी, नातीनातिना सहित पूर्व राजा ज्ञानेन्द्र शाह बिहिवार नेपालगन्ज पुगेका थिए ।

आफ्नो जन्मदिनको अवसरमा पूर्व राजा शाह आज बिहान यहाँको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर जानु भई पूजाअर्चना पनि गरेका थिए ।

More News last news
Loading...