जापानका कप्तानले गरे सन्यासको घोषणा

काठमाडौं । जापानी राष्ट्रिय टोलीका कप्तान माकोतो हासिबीले पनि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका छन् ।

‘मैले राष्ट्रिय टोलीमा मेरो करियरको अध्याय सक्ने निर्णय गरेको छु,’ हासिबीले सामाजिक सञ्जाल इस्टाग्राममा लेखेका छन्। ३४ वर्षिय हासिबी जापानी डिफेन्सिभ मिडफिल्डर थिए। १२ वर्षदेखि हासिबी जापानको राष्ट्रिय टोलीबाट खेल्दै आएका थिए।

Advertisement

सोमबार राति भएको विश्वकपको प्रिक्वार्टर फाइनलमा जापान बेल्जियमसँग ३ २ ले पराजित भएको थियो। मंगलबार मिड फिल्डर केइसुकी होन्डाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए।

होन्डाले सन् २००८ मा जापानको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। ३२ वर्षिय होन्डाले जापानका लागि ३७ गोल गरेका छन्।

More News last news
Loading...