काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार ६ सय रुपैयाँ पुगेको छ । सुन हिजो ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ६० रुपैयाँ पुगको छ । चाँदी हिजो प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
