काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि ३ दिनसम्म भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहन अनुरोध गरेको छ ।
आइतबार महाशाखाका वरिष्ठ मौसमविद बिभूति पोखरेलले पूर्वको कोशी चतरा क्षेत्रमा भारी वर्षा भैरहेको र यो वर्षा क्रमशः सबैतिर फैलँदै गएको हुँदा सबैलाई सतर्क रहन आग्रह गर्नुभयो ।
उहाँले अधिकाँश नदीहरुको जल सतह समेत बढेको हुँदा तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई बढी सतर्क रहन पनि आग्रह गर्नुभयो ।
यो वर्षको मनसुन पूर्णरुपमा भित्रिसकेको हुँदा पहिरोको जोखिम, नदी तटीय क्षेत्र र तराइका होचा भूभागमा बसोबास गर्ने सबै चनाखो हुन सरकारले पनि आग्रह गरेको छ ।
भूकम्पले क्षति पुगेका पहाडी बस्तीका सर्वसाधारणलाई पनि थप सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
