काठमाडौं । सन् २०१९ को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।
यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो ।
कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन्। सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए ।
ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।
आफ्नो रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
