साेलुखुम्बु – सोलुखुम्बुमा जीप दुर्घटना हुँदा सातजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । काठमाडौंको लागि छुटेको ना १ ज १८६० नम्बरको जीप बिहान ८ बजे नेचासल्यान र तिम्लाको सिमानामा पर्ने बरडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचान खुलेको छैन । घटनास्थलमा प्रहरी टोली पुग्दै छ । जीपमा ८ जना थिए । घटनाको थप विवरण आउन बाँकी छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
