कविराज खनाल
लेखनाथ । प्रदेश नम्बर प्रदेश प्रहरी कार्यालायका प्रमुख प्रहरी नायव महानिरिक्षक दानसिह बोहोराले शान्ति सुरक्षा र अमनचैनमा प्रहरीको एक्लो प्रयासले मात्र सम्भव नहुने बताएका छन्।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवा केन्द्रले विहिवार राखेको इलाका प्रहरी कार्यालय हंसपुर मुकाम डाडाकोनाकको मुख्य प्रबेशद्धारा एवंम कम्पाउण्ड वालको उद्घाटन गर्दै डि आइ जी बोहोराले जनताको सहयोग विना शान्ति सुरक्षालाई ब्यवस्थीत गर्न नसकिने भएकोले प्रत्येक नागरिक बर्दी विनाका प्रहरी भएकोमा जोड दिएका हुन्।
देश अव संघिय ढाँचामा गईसकेकाले जनतालाई कसरी शान्ति सुरक्षाको प्रत्याभुती गराउन सकिन्छ भन्ने बारेमा प्रहरीका ईकाईहरु चिन्तनसिल भएकोले भदौं १ गते देखि संघियताका आधारमा प्रहरी सेवा प्रवहा गरिने बताएका थिए।
सोही अवसरमा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले देश विकास र शान्ति सुरक्षाको सवालमा अतंक फैलाउने जुन सुकै तत्वलाई पनि नियन्त्रणा लिएर कारवाही गरेर छाड्ने प्रतिवद्धता जनाएका थिए।
कार्यक्रममा डाडाकोनाक प्रहरी चौकीका इन्चार्ज गोविन्द पुरीले विकासका लागि शान्ति सुरक्षा महत्वपुर्ण पक्ष भएकोेले यस क्षेत्रमा विकासका लागि पनि सान्ति सुरक्षालाई मजबुत बनाउनु पर्नेमा जोड दिएका थिए।
लेखनाथ सामुदायिक सेवा केन्दका अध्यक्ष ज्ञानेन्द्र बजगाईको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा,पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद वराल र निर्माण समितिकी कोषाध्यक्ष बुद्धिमाया थापा मगर लगाएतले आ आफनो धारणा राखेका थिए।



![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
