आज सुनको मूल्य बढ्यो

असार १४, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार आठ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

More News last news
Loading...