काठमाडौं । बजारमा आज भने सुनचाँदीको मूल्य घटेको छ । केही दिनदेखि स्थिर रहेको सुनचाँदीको मूल्य आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार ६ सय रुपैयाँ कायम भएको छ।
सुन हिजोसम्म प्रतितोला ५७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ६५ रुपैयाँमा कायम भएको छ । चाँदी हिजो प्रतितोला सात सय ७० रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
