सुनचाँदीको मूल्य यथावत , यस्तो छ आजको भाउ

असार ८, काठमाडौं । केही दिनदेखि ओरालो लाग्दै आएको सुनचाँदीको मूल्य आज भने यथावत छ । आज पनि सुनको मूल्य प्रतितोलामा ५७ हजार सात सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी आज पनि प्रतितोला सात सय ६५ रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

More News last news
Loading...