फेरी घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

काठमाडौं । केही दिनदेखि सुनको मूल्य ओरालो लाग्दै गएको छ । आज पनि सुन तोलामा थप तीन सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार सात सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ६५ रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

More News last news
Loading...