विश्वकपमा आज तीन खेल हुँदैं, स्पेन र पोर्चुगलको परीक्षा

एजेन्सी । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत बुधबार तीनवटा खेल हुँदैछन् । समूह चरण अन्तर्गत दोस्रो खेलहरुका लागि टिम तयार भएका छन् ।

बुधबार हुने पहिलो खेलमा समूह बी मा रहेको पोर्चुगलले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे मस्कोमा हुनेछ । मोरक्को पहिलो खेलमा इरानसँग १–० ले पराजित भएको थियो भने पोर्चुगलले कप्तान क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा स्पेनसँग ३–३ को बराबरी खेलेको थियो ।

Advertisement

अर्को खेलमा साउदी अरेबियाले उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ । समूह ए मा रहेका यी दुई बिचको खेल रोस्तोभ अन डोनमा नेपाली समय अनुसार राति पौने ९ बजे हुनेछ । पहिलो खेलमा उरुग्वेले इजिप्टलाई १–० ले हराएको थियो भने साउदी अरेबिया रुससँग ५–० ले हारेको थियो ।

बुधबारको अन्तिम खेलमा राति पौने १२ बजे स्पेनले इरानको सामना गर्नेछ । पहिलो खेलमा मोरक्कोलाई हराएको इरान र पोर्चुगलसँग बराबरी खेलेको स्पेनबिचको खेल कजानमा हुनेछ ।

More News last news
Loading...