काठमाडौं । विगत लामो समयदेखि उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त थैलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो ।
देवकोटा केही महिना अघिमात्र बेलायतमा उपचार गरेर स्वदेश फर्किएका थिए । पित्त थैलीको क्यान्सरबाट पीडित डा.देवकोटाको कलेजोको भेट्नोमा मासु पलाएको (कोलोन्जियो कार्सीनोमा) भएको छ।
यसको उपचारका लागि उनले बेलायतमा किमोसमेत लिएका थिए। देवकोटाको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीको लागि न्यूरो अस्पतालमा राखिने अस्पतालले जनाएको छ।
त्यसपछि पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गरिने भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
