काठमाडौं । विश्वकप फूटबलमा आज डिफेन्डिङ च्याम्पियन जर्मनीले मेक्सिकोको सामना गर्दैछ।
जर्मनीले विश्वकपमा सधैं उत्कृष्ट प्रदर्शन गर्ने गरेको छ तर मेक्सिको पनि लर्तरो टोली हैन। मेक्सिकोको टोलीमा प्रतिभाशाली खेलाडीहरू छन् र उक्त टोली पछिल्ला ६ विश्वकपका क्वार्टरफाइनलमा पुग्न सफल भएको छ। गति, प्राविधिक दक्षता र रणनीतिक कौशल मेक्सिकोका खेलाडीको विशेषता हो।
मेक्सिकोका प्रशिक्षक ओसोरियो जर्मनीलाई स्तब्ध बनाउने नतिजा ल्याउनेमा ढुक्क छन्। ओसोरियो खेलाडीहरूको सही पोजिसन बनाउन माहिर छन्। खेलाडीहरूलाई बल कता छ अनि विपक्षी खेलाडी कता छन् भन्ने मूल्यांकनका आधारमा उनले परिचालन गर्ने गरेकाले पास गर्ने प्रशस्त विकल्प खेलाडीहरूमा रहन्छ।
एल त्रि भनेर चिनिने मेक्सिकोको टोलीको मिडफील्ड र अट्याक बलियो छ। हक्टर हेरेरा, आन्द्रेस गुआरदादो, हर्भिङ लोजानो, दोस सान्तोस दाजुभाइ, कार्लोस भेला लगायतका खेलाडीहरू उम्दा छन्। यो विश्वकपको सबभन्दा राम्रो अट्याक भएको टोली मेक्सिकोलाई नै मानिएको छ।
डिफेन्समा पनि हेक्टर मोरेनो, मिगेल लायुन, कार्लोस साल्सिदो, रफाएल मार्केज अनि गोलकीपर गिलेर्मो ओचोआले जुनसुकै आक्रमणलाई रोक्न सामर्थ्य देखाएका छन् ।
यावत् कारणहरूले गर्दा मेक्सिको जोआचिम लोको प्रशिक्षणमा रहेको जर्मनीका लागि खतरनाक प्रतिद्वन्द्वी हो । तर हालै उसले विश्वकपको तयारीका लागि खेलेका खेलहरू त्यति गतिला थिएनन् । उसले स्कटल्यान्डलाई बल्लबल्ल हराएको थियो भने वेल्ससँग गोलरहित बराबरी खेलेको थियो । ती दुवै टोली विश्वकपमा छनोट हुन सकेका थिएनन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
