काठमाडौं । नेपाली बजारमा केही दिनदेखि बढ्दै गएको सुनचाँदीको मूल्य आज भने घटेको छ।
आज सुन तोलामा पाँच सय रुपैयाँले घट्दै प्रतितोला ५८ हजार पाँच सय रुपैयाँमा झरेको छ। सुन शुक्रबार प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घट्दै प्रतितोला सात सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदी शुक्रबार प्रतितोला आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
