माइक्रोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

काठमाडौँ । काठमाडौँको नयाँबजारमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

बालाजु–सोह्रखुट्टे सडकखण्डमा पर्ने पिपुल्स अस्पताल अगाडि सडकमा आज दिउँसो बा २ ख ७०६ नंको माइक्रोबस, बा ३४ प ३६६७ नंको मोटरसाइकल र बा ५३ प ३६८२ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरमा सवार नुवाकोट घर भई काठमाडौँ बस्ने ४० वर्षीया पवित्रादेवी भट्टको मृत्यु भएको हो।

Advertisement

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले स्कुटर दुर्घटनामा गम्भीर घाइते भट्टको उपचारका क्रममा पिपुल्स अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।

More News last news
Loading...