ग्याँस सिलिण्डर चुहिएर घरमा आगलागी

विराटनगर २ असार। मोरङको जहदामा घरमा रहेको खाना पकाउने ग्याँसको सिलिण्डर चुहिएर आगलागी भएको छ ।

जहादा गाँउपालिका–२ मा बस्ने राजकुमार राजवंशीको घरमा आज दिउँसो आगलागी हुँदा घरका सबै सामान जलेर नष्ट भएका छन् । आगलागीबाट घरमा रहेको कपडा, खाद्यान्न सामाग्रीसहित १९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

Advertisement

स्थानीय विनोद शर्माका अनुसार घरमा रहेको २ लाख रुपैयाँ, २ तोला सुन र ६४ तोला चादी समेत जलेर नष्ट भएको छ । स्थानीय, प्रहरी र विराटनगर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

More News last news
Loading...