यस्तो थियो मोरक्कोको आत्मघाती गोल जसले इरानलाई विजयी बनायो

निर्धारित ९० मिनेटको खेल सकिएर पनि थपिएको ६ मिनेटको इन्जुरी टाइमको अन्तिम मिनेट चल्दै थियो। इरानले गोलपोस्ट नजिकैबाट फ्रि किक पायो। एहसान हाजी साफीले प्रहार गरेको फ्रिकिकमा मोरक्कोका सब्स्टिच्युट अजिज बाउहाडोजले हेड गरे। तर उनले हेड गरेको बल सीधै जाली पो चुम्यो।

छनौट चरणदेखि अपराजित यात्रा जारी राखेको इरानले यो खेल जितेसँगै एसियाली देशले विश्वकपमा सन् २०१० पछिको पहिलो विजय हात पारेको छ। पोर्चुगल र स्पेन जस्ता युरोपेली शक्तिहरुको रहेको समूहमा यो जितसँगै इरानले महत्त्वपूर्ण तीन अङ्क पाउन सफल भएको छ। समूहको अर्को खेल पोर्चुगल र स्पेनबीच आजै मध्यरातमा हुँदैछ।

Advertisement

बीबीसीका कमेन्टेटरले इरानको विजयसँगै उनीहरुले विश्वकप जिते सरह सेलिब्रेसन गरेको टिप्पणी गरे।

खेलमा पहिलो २० मिनेटमा मोरक्को हावी थियो। त्यसपछिका समयमा इरानले समय समयमा डरलाग्दा काउन्टर एट्याक गर्‍यो। पूरै खेल अवधिमा ६८ प्रतिशत समय मोरक्कोसित बल थियो।

तर आजको पहिलो खेल जस्तै दोस्रो खेल पनि अन्तिम मिनेटको गोलले छिनोफानो गर्‍यो। पराजित हुने दुवै देश संयोगले अफ्रिकी रहे।

विश्वकपमा इरानको यो दोस्रो विजय हो। यसअघि सन् १९९८ मा इरानले अमेरिकालाई २(१ ले पराजित गरेको थियो।

More News last news
Loading...