काठमाडौ–राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगले दक्ष र योग्य मानव संशाधन चयनमा हासिल गरेको महत्व, गरिमा र प्रतिष्ठालाई बचाई राख्नुपर्ने बताएकी छन् । लोकसेवा आयोगको ६८ औ बार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोन गर्दै राष्ट्रपति भण्डारीले आयोगको प्रतिष्ठामा कही कतैबाट आँच आउने काम हुन नदिने तर्फ गम्भीर बन्न आयोग पदाधिकारीलाई सचेत गराइन् ।
उनले देशको स्थायी सरकारको रुपमा चिनिने मुलुकको प्रशासन र अन्य क्षेत्रमा प्रतिभाशाली, दक्ष र योग्य मानव संसाधन प्रवेश गराउने जिम्मेवारी बोकेको लोकसेवा आयोगको कार्यमा निश्पक्षता, पारदर्शीता र गुणस्तरियता सधै कायम रहनुपर्नेमा जोड दिइन् ।
उनले राष्ट्रसेवामा कुशलतापूर्वक लाग्ने जनशक्तिलाई त्यस दिशामा समाहित गराउने जिम्मेवारी सम्हालेको लोकसेवा आयोगको महत्व, गरिमा र प्रतिष्ठामा आँच आउने कुरा कतैबाट हुनुहुँदैन भन्ने तथ्यलाई गम्भीरताका साथ मनन गर्नुपर्ने आवश्यकता औल्याइन् ।
राष्ट्रपति भण्डारीले यो चुनौतिलाई सामना गर्न सक्ने गरि आफुलाई सुधार एवं विकास गर्दै अघि बढ्न आयोगलाई शुभकामना दिइन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
