अफगानिस्तानसँगको पहिलो टेष्ट क्रिकेटको पहिलो पालीमा भारतले ४ सय ७४ रन बनाएको छ ।
भारतका लागि शिखर धवनले १ सय ७ र मुरली विजयले १ सय ५ रन बनाए । यस्तै हार्दिक पाण्ड्याले ७१ र लोकेस राहुलले ५४ रनको योगदान गरे ।
पहिलो टेष्ट क्रिकेट खेलिरहेको अफगानिस्तानका लागि यामिन अहमज्दाईले ३ तथा रासिद खान र वफादारले २-२ विकेट लिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
