चितवन – इच्छाकामना गाउँपालिकामा माइक्रो र ट्रक ठोक्किँदा ३ जनाको ज्यान गएको छ। ९ जना घाइते भएका छन् ।
शुक्रबार बिहान सवा ७ बजेतिर इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारको पानीधारामा पोखराबाट काठमाडाैंका लागि छुटेको ग १ ख ७६९२ माइक्रो र ना ४ ख ४०६४ नम्बरको ट्रक ठोक्किँदा तीन जनाको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ।
ज्यान गुमाएका कसैको पनि परिचय खुलेको छैन। घाइते ९ जनालाई उपचारको लागि भरतपुर अस्पताल लगिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
