घुस लिने इन्जिनियर र प्राविधिकको जागिर गयो

शिक्षा विकास तथा समन्वय एकाइ, म्याग्दीका दुईजना प्राविधिक बर्खास्त भएका छन् । सेवाग्राहीबाट घुस लिएको आरोपमा इञ्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रमोद उप्रेती बर्खास्त भएका हुन् । सेवाग्राहीसँग घुस लिएको उजुरीका आधारमा उनिहरुमाथी अहिले छानविन भइरहेको छ ।

कक्षा कोठा भवन योजना छनोट, पेश्की निकासाका क्रममा उनिहरुले घुस लिएको आरोप लागेको छ । उजुरीमा उनिहरुले बाध्य बनाएर घुस लिएको आरोपमा लगाइएको बताइएको छ ।

Advertisement

उनीहरुको करार सेवाको सम्झौता रद्द गरेर छानबिनका लागि प्रशासन कार्यालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखरामा फाइल पठाइएको एकाइका प्रमुख रामकुमार श्रेष्ठले बताए ।

बितेको आर्थिक वर्ष २०७२÷र७३ मा शुरु भएको १९ लाख ५० हजार विनियोजित तीनकोठे भवनको नापजाँचका क्रममा २०७४ असोजमा रु २० हजार घुस लिएको उजुरीमा उल्लेख छ ।

यसैगरी, २०७४-७५ मा रु ३१ लाख ५० हजार बजेटको तीनकोठे ट्रस भवन योजना पारिदिने भनेर रु दुई लाख ५० हजार माग गरेका खनालले प्राविधिक उप्रेतीमार्फत पहिलो किस्ता पेश्की निकालेपछि २०७४ मंसिर १३ गते बेलुकी ५० हजार लिएको आरोप लागेको छ ।

धौलागिरि गाउँपालिका–३, दरको सूर्यज्योति आधारभूत विद्यालयको भवन निर्माण समिति, व्यवस्थापन समिति र अगुवाले जेठ ७ गते खनाल र उप्रेतीले घुस खाएको उजुरी दर्ता गरेका थिए ।

More News last news
Loading...