काठमाडौं । श्रीलंकाको नदीमा खसेर एक नेपाली ‘माउन्टेन बाइकर’ को ज्यान गएको छ । यद्यपि मृतक नेपाली माउन्टेन बाइकरको परिचय भने खुलाइएको छैन । एएफपीले श्रीलंकाको प्रहरीलाई उद्धृत गर्दै राजधानी कोलम्बोबाट २३० किलोमिटरको दूरीमा रहेको कुडा ओया नदीमा खसेर नेपालीको मृत्यु भएको जनाएको छ ।
नजिकैको जलाशयमा राखिएको शवबारे मृतकको परिवारलाई जानकारी दिएपछि मात्रै सार्वजनिक गरिने श्रीलंकाको प्रहरीले जनाएको छ ।प्रतियोगीको बीचमै मृत्यु भएपछि प्रतियोगिता स्थगन गरिएको छ ।
आयोजकले एक विज्ञप्ति जारी गर्दै स्थगनको घोषणा गरेका हो ।श्रीलंकन एयरलाइन्सले ‘रुम्बल इन जंगल’ नारा दिएर ९ जूनदेखि १५ जूनसम्म अन्तर्राष्ट्रिय रेस प्रतियोगिता आयोजना गरेको थियो । ३९ प्रतियोगी रहेको प्रतियोगितामा नेपालसँगै बेलायत, जर्मन, इटाली र स्विजरल्यान्डका बाइकराइडर सहभागी थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
