तपाईंं महिला र ३० वर्षभन्दा कम उमेरको हुनुहुन्छ भने केही कुरामा ध्यान दिन जरुरी हुन्छ, जुन काम अहिलेसम्म तपाईंंले नगरेको पनि हुन सक्छ। यस्तो अनुभवले फरक व्यक्तित्व निर्माणका लागि सघाउ पुयाउँछ।
भाषण
तपाईं कसैलाई उत्प्रेरणा दिन चाहनुहुन्छ भने हजारौँको बीचमा भाषण गर्न सक्नुहुन्छ । जसका माध्यमबाट थुप्रै मानिसबीच चिनिन पनि सहयोग पुयाउँछ। र, तपाईं स्वयंका लागि पनि वर्षौंसम्म यादगार क्षण बन्न सक्छ।
प्रेम गर्नुस्
अहिलेसम्म कसैको प्रेममा पर्नुभएको छैन भने एकपटक अवश्य गर्नुस्, जसले तपाईंलाई फरक अनुभूति दिलाउँछ। प्रेमविना मानिसको जीवन अपूरो रहन्छ। जिउनका लागि प्रेम पनि आवश्यक हुन्छ। यही प्रेम नै तपाईंको जीवनसाथी बन्न सक्छ।
रोलमोडल बन्नुस्
तपाईं जिन्दगीमा कुनै यस्तो काम गर्नुस्, जसले रोलमोडल बन्न सहयोग पुयाओस्। जसले तपाईंको आत्मविश्वास बढाउने काम गर्छ। तपाईं बच्चा, युवा वा वृद्धवृद्धा जोसुकै बन्न सक्नुहुन्छ।
यद्यपि, रोलमोडल बन्ने क्षेत्रको सीमितता हुँदैन। तपाईंलाई कुनै पनि क्षेत्रमा रोलमोडल बन्ने छुट छ।
डर हटाउनुस्
प्रायः मानिसमा बच्पनको कुनै गतिविधिले डर हुने गर्छ। तर, यही उमेर अवधिमा तपाईं डराउने चिजसँग एकपटक पक्कै पनि सामना गर्नुस्।
तर, आफ्नो जीवनलाई हानि नपुयाउने गरी । भिड, व्यापार या अरू कुनै चिजसँग डर छ भने सामना गर्नुस्। यसो गर्दा डरलाई काबुमा राखी खुलेर जिउन सक्नुहुन्छ।
क्षमताको उजागर
३० वर्षको उमेरभन्दा पहिले नै कुनै यस्तो क्षमता बाहिर निकाल्नुस्, जसका कारण तपाईं निकै खुसी हुनुहुन्छ। जुन तपाईंको करिअरका लागि टर्निङ प्वाइन्ट पनि साबित हुन सक्छ। यस्तो कार्य जुनसुकै विधामा पनि गर्न सक्नुहुन्छ।
एक्लै घुम्नुस्
मानिस केही समय एक्लै बस्न जरुरी हुन्छ । यस्तो बानीले आत्मज्ञान प्राप्त गर्न सहयोग पु¥याउँछ । यद्यपि, साथीसँगका पनि सुखद क्षण हुन सक्छन् । तर, एक्लै बस्दा जिन्दगीलाई अझ नजिकबाट बुझेर काम गर्न सक्नुहुन्छ।
सम्भव भएको अवस्थामा एक्लै घुम्न निस्कनुस् । एक्लै यात्रा गर्दा तपाईं कम्फर्ट जोनबाट बाहिर निस्कनुहुन्छ। जसले आफूप्रति भरोसा बढाउँछ । यस्तो बानीले दुनियाँ बुझ्न पनि सघाउँछ।
एड्भेन्चर गर्नुस्
जिन्दगीमा कुनै एड्भेन्चरको पनि अनुभव लिनुस्। आफूले आफैँलाई यस्तो चुनौती दिएर त्यसलाई सफल पार्नुहुन्छ भने तपाईंमा इनर्जी सञ्चार हुन्छ।
जुन गतिविधिले केयौँ वर्षसम्म सुखमय अनुभूति गराउँछ। त्यसका लागि प्याराग्लाइडिङ, रिभर (याफ्टिङ, ट्रेकिङ, म्याराथुन आदि गर्न सक्नुहुन्छ।
फिट रहनुस्
फिट रहन हरेक उमेरका मानिसलाई आवश्यक हुन्छ। तर, महिलाले अफ्नो स्वास्थ्यबारे पूर्ण रूपमा ध्यान दिन अनवश्यक हुन्छ। ताकि, अरूलाई आकर्षित गर्न सहयोग मिलोस्।
यस्तो समयमा गर्ने लापर्बाही जीवनभरका लागि हानिकारक साबित हुन्छ। फिट रहनका लागि जिम, रनिङ, योगा, कार्डियो एक्सरसाइजलगायतको सहारा लिन सक्नुहुन्छ।
माफ गर्नुस्
गल्ती नगर्ने मानिस सायदै हुन्छ। जानी–नजानी हरेक मानिसले गल्ती गर्छ। गल्तीले सम्बन्धमा दरार उत्पन्न गराउँछ । त्यसैले गल्तीमा माफ गर्ने बानी बसाल्नु नै बढी बुद्धिमता हुन्छ। यस्तो बानीले तपाईंको व्यक्तित्वलाई पनि सुन्दर बनाउँछ।
भाषा सिक्नुस्
भाषाको ज्ञानले व्यक्तित्व निर्माणमा निखार ल्याउने काम गर्छ। त्यसैले यो उमेर अवधिमा कुनै नयाँ भाषा सिक्ने प्रयास गर्नुस्। अरूलाई प्रभाव पार्न फ्रेन्च, स्पेनिस या इटालियन भाषा सिक्न सक्नुहुन्छ।
नयाँ सिक्नुस्
ज्ञान हासिल गर्न उमेरको कुनै सीमा हुँदैन। जुनै उमेरमा पनि कुनै न कुनै कुरा सिक्न सक्नुहुन्छ। जसले जीवनलाई अझ महत्वपूर्ण बनाओस।
जीवनमा सधैँ केही न केही सिक्ने प्रयास गर्नुपर्छ। यद्यपि, ३० वर्षभन्दा कम उमेरमा अझ बढी सिक्ने ऊर्जा हुन्छ। त्यसैले कुनै न कुनै रचनात्मक या रोचक कुरा सिक्नुस्।
जसले तपाईंको जीवनलाई महत्वपूर्ण बनाउन सहयोग पुयाउँछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
