विद्यालयमै जातीय छुवाछूत स् डोम महिला भान्से राखेपछि खाजा कार्यक्रम बन्द

जातीय छुवाछूत र भेद्भावलाई कानुनले निषेध गरी दण्डनीय बनाएको छ । तर सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरस्थित सामुदायिक विद्यालयमा जातीय छुवाछूतको कारणले तीन दिनदेखि खाजा कार्यक्रम नै बन्द गरिएको छ ।

विद्यालयमा शिक्षिकामाथि जातीय छुवाछुत भएको भन्दै खाजा कार्यक्रमको लागि विद्यालय व्यवस्थापन समितिको बैठकले डोम समुदायकी स्थानीय भालसैर मरिकलाई भान्से नियुक्त गरेपछि कथित उपल्लो जातिका भनिनेहरुले खाजा कार्यक्रम नै बन्द गराएका हुन् ।

Advertisement

कसरी बाहिरियो घटना रु
गोविन्दपुरस्थित जनता आधारभूत विद्यालयमा कार्यरत बाल विकास सहजकर्ता गीता रोक्का मिझारले टिफिनको समयमा आफैले खाजा झिकेर दिएकी थिइन् ।

सहजकर्ता मिझारले खाजाको लागि पकाइएको चना छोएको भोलिपल्ट जेठ २१ गते प्रधानाध्यापक जनदीश यादव र भान्सेले भान्साको चाबी नै लुकाएका थिए । त्यसपछि चाबी खोजी गर्ने क्रममा महतोले मिझारलाई ‘तल्लो जातकी’ भन्दै विद्यालयमै गालीगलौज गरेकी थिइन् ।

आफैं कार्यरत विद्यालय जस्तो ठाउँमा जातीय रुपले भेद्भाव र अपमान गरिएपछि सहजकर्ता मिझारले विद्यालय प्रशासनमा उजुरी दिइन् । तर, उनको उजुरीको सुनुवाई भएन ।

यता प्रधानाध्यापक यादवले भने उजुरीको विषयमा शिक्षकहरुसँग बसेर छलफल गर्ने तयारी गरिरहँदा अभिभावकहरु आएर सोधखोज गरेपछि घटना बाहिर गएको बताए ।

More News last news
Loading...